शिक्षालय शान्तिक्षेत्रको आव्हान सहित हेटौंडा क्याम्पसका विद्यार्थीहरुले शुक्रबार साँझ दीप प्रज्ज्वलन गरेका छन् । बुधबार क्याम्पसमा भएको तोडफोडको बिरोध गर्दै स्कुल क्याम्पस लगायतका शिक्षालयहरुमा कुनै पनि बहानामा शान्ति संस्कृति भंग नगर्न विद्यार्थीहरुले आव्हान गरेका छन् ।

हेटौंडा क्याम्पसमा स्नातक तेस्रो तथा चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अगुवाईमा दीप प्रज्ज्वलन कार्यक्रम भएको हो । उनीहरुले आफ्नै पहलमा करिब ८० हजार रुपैयाँ संकलन गरी बुधबारको घटनामा फुटाइएका क्याम्पसका झ्यालका सिसा तथा गमला फेरेका छन् । सो क्रममा क्षतिग्रस्त सीसी क्यामेरा तथा एअर कन्डिसनरको मर्मत बाँकी रहेको विद्यार्थीहरुले विद्यार्थी राजीव फुयालले बताए ।

गत मंगलबार हेटौंडा क्याम्पसमा स्नातक दोस्रो वर्षको परीक्षाका क्रममा छात्रा परीक्षार्थीहरुमाथि निरीक्षकले दुव्र्यवहार गरेको बताएका थिए । सोही घटनाको बिरोध गर्दै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले बुधबार हेटौंडा क्याम्पसमा तोडफोड गरेका थिए । हेटौंडा क्याम्पस प्रशासनले दुव्र्यवहारमा संलग्न कर्मचारीलाई कुनै पनि परीक्षा कार्यक्रममा संलग्न हुन नपाउने गरी निलम्बन गरिसकेको छ भने घटनाबारे थप छानबिनका लागि समिति समेत गठन गरेको छ ।

.jpg)


