बुधबार, कार्तिक १९ गते २०८३
images
images

पाल्पामा बस दुर्घटना, छ को मृत्यु

एक्सप्रेस पाना
श्रावण ८, २०७९ आइतबार
  • 424
    SHARES
  • पाल्पामा बस दुर्घटना, छ को मृत्यु

    पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हँुदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

    images

    दुर्घटनामा १६ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा २२ जना यात्रु सवार रहेको बुझिएको छ । बस सडकदेखि करिब ६० मिटर तल खसेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।