बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रेस युनियन पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक, कसले कति मत पाए ?

एक्सप्रेस पाना
श्रावण ९, २०७९ सोमबार
  • 239
    SHARES
  • प्रेस युनियन पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक, कसले कति मत पाए ?

    साउन ९ काठमडौं । लोकतान्त्रिक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनमा नयाँ नेतृत्व चयनका लागि साउन ७ गते भएको निर्वाचनअन्तर्गत पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

    images

    सार्वजनिक विवरणअनुसार अनिता बिन्दुलाई पराजित गर्दै शिव लम्साल अध्यक्षमा विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा लम्साल प्यानलका प्रेम केसीले सरोजराज अधिकारीलाई पराजित गरे। महासचिवमा पनि लम्साल प्यानलकै दीलिप पौडेलले बिन्दु प्यानलका जगन्नाथ दुलाललाई पछि पारे। कोषाध्यक्षमा अनिता बिन्दु प्लानलका माधव धितालले लम्साल प्यानलका रमेश वाग्लेलाई पराजित गरे। 

    उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा विजयी भएका छन्। राममणि दाहाल र शेखर रेग्मी पराजित भएका छन्। उपाध्यक्ष महिलामा सलोजा दाहालले कल्पना शर्मालाई पराजित गरेकी छिन्।

    images

    उपाध्यक्षहरूमा प्रदेश १ बाट डिल्लीराम खतिवडा, मधेशबाट अनिल कर्ण, बागमतीबाट डा मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्र बहादुर कार्की, सुदुरपश्चिमबाट प्रेम चुनारा उपत्यकाबाट जीवन भण्डारी विजयी भए। 

    उपमहासचिवमा खुलामा रवीन्द्र सुवेदी, युवराज गौतम र विष्णु खड्का विजयी भए। महिला उपमहासचिवमा दिलिपाश्री अधिकारी र सुलोचना गौतम विजयी भए।  समावेशीमा अभयकुमार राई विजयी बने। 

    खुला सचिवमा केदार दाहाल, तीर्थराज बस्नेत, भुवन शर्मा र खगेन्द्र भण्डारी विजयी हुँदा महिला सचिवमा मेनुका ढुंगाना, पुष्पा शर्मा र रेजिना गौतम विजयी बने। 

    लालकुमार मुक्तान आदिवासी/जनजातिबाट सचिव बन्दा अजित तिवारी मधेशीबाट सचिव बने । यस्तै राजन रुचाल दलितबाट सचिव बन्दा पिछडिएको क्षेत्रबाट एलपी देवकोटा सचिवमा चुनिए। खस आर्यबाट युवराज रेग्मी सचिवमा चुनिँदा रेडियोबाट नरहरि सापकोटा छानिए। यस्तै छापाबाट राधा खनाल सचिव बनिन्। आदिवासी सचिवमा सहदेव चौधरी निर्विरोध भएका थिए। 

    कसले पाए कति मत?

    1.jpg

    11.jpg

    111.jpg

    1111.jpg

    11111.jpg

    111111.jpg