बुधबार, कार्तिक १९ गते २०८३
images
images

इन्द्रावती पालिका अध्यक्ष नेपालद्धारा घटनास्थलको निरिक्षण, तत्काल बाटो सुरक्षित बनाउन निर्देशन

एक्सप्रेस पाना
श्रावण १०, २०७९ मंगलबार
  • 315
    SHARES
  • इन्द्रावती पालिका अध्यक्ष नेपालद्धारा घटनास्थलको निरिक्षण, तत्काल बाटो सुरक्षित बनाउन निर्देशन

    साउन १० नवलपुर । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झंकनाथ नेपालले हिजो २ जनाको ज्यान जाने गरि घटेको घटनास्थलको निरिक्षण गर्नुभएको छ । विभिन्न वडाका वडा अध्यक्ष, स्थानिय लगायतले संयुक्त रुपमा अवलोकन गर्नुभएको थियो । सोमबार इन्द्रावती गाउँपालिका ५ कोइरालाटारमा भीरबाट खस्दा एक महिला सहित बालककोे मृत्यु भएको थियो । 

    images

    अनुगमन पश्चात अध्यक्ष नेपालले दुख ब्यक्त गर्दै बाटोलाई तत्काल सुरक्षित बनाउन निर्देशन दिनुभयो । उहाँले रेलिङ हुन्छ या अरु कुन उपाय लगाएर हुन्छ तत्काल काम सुरु गर्न निर्देशन दिनुभएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५का वडा अध्यक्ष शाशिनाथ आचार्यले जानकारी दिनुभयो । त्यस्तै मध्यपहाडी लोकमार्गसँग पालिका र लोकमार्ग बिच समन्वय गरेर अलपत्र अवस्थामा रहेको बाटो खुलाउन ताकेता गर्ने समेत अध्यक्ष नेपालले बताउनुभयो ।

    सोमबार चौतारा सांगाचोकगढी नगरपालिका सानुसिरुवारी घर भएकी ५५ बर्षिया गोमा धिताल र उनको बहिनीको छोरा मेलम्ची नगरपालिका ११ बस्ने ५ बर्षिय बिशेष चालिसेको भीरबाट खसेर खोलाले बगाउँदा मृत्यु भएको थियो ।

    images