बुधबार, कार्तिक १९ गते २०८३
images
images

बस पल्टेर आगलागी हुँदा ३३ यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

एक्सप्रेस पाना
श्रावण ११, २०७९ बुधबार
  • 328
    SHARES
  • बस पल्टेर आगलागी हुँदा ३३ यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

    साउन ११ काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दाउन्नेमा बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन्।

    images

    आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिरनजिक बस दुर्घटना भई आगलागी भएको हो।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नंको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए। आगलागीबाट यात्रु घाइते भएका हुन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताए। 

    images

    घाइते आठ यात्रुको उपचार चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको उपचार मध्यविन्दु जिल्ला अस्पतालमा डण्डामा भइरहेको प्रहरीले जनाएको छ।