बुधबार, कार्तिक १९ गते २०८३
images
images

टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

एक्सप्रेस पाना
श्रावण १२, २०७९ बिहीबार
  • 174
    SHARES
  • टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

    साउन १२ काठमाडौं । पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका-५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ लिम्बूको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१प२१२ नम्बरको टिपरले साइकलमा सवार लिम्बूलाई ठक्कर दिएको थियो । टिपर चालक मकवानपुरको चुरेमाई नगरपालिका–५ का ३१ वर्षीय सुजन बाइबालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।