बुधबार, कार्तिक १९ गते २०८३
images
images

चितुवाको छालासहित दुईजना पक्राउ

एक्सप्रेस पाना
श्रावण १३, २०७९ शुक्रबार
  • 255
    SHARES
  • चितुवाको छालासहित दुईजना पक्राउ

    साउन १३ काठमाडौं । चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–३ देखतभूलीबाट बिहीबार उनीहरु पक्राउ परेका हुन् ।  

    images

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले दुवैजनालाई चितुवाको छालासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ की ४० वर्षीया मालती मल्ल र अमरगढी–२ का  २९ वर्षीय मोहन सार्की रहेका छन् । पक्राउ परेका दुवैलाई डिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको छ ।

    कृष्णपुर–मा धानबारीमा लुकाइछिपाइ राखेको अवस्थामा दुई थान चितुवाको छाला बरामद गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

    images