बुधबार, कार्तिक १९ गते २०८३
images
images

जिप दुर्घटनामा एकको मृत्यु

एक्सप्रेस पाना
श्रावण १५, २०७९ आइतबार
  • 228
    SHARES
  • जिप दुर्घटनामा एकको मृत्यु

    साउन १५ खलङ्गा । सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जिप जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा आज विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवा  रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । 

    images

    उन्ले जिपको बे्रक फेल भएर दुर्घटना भएको हुनसक्ने बताए । जिप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । जिपमा अन्य पाँच जना यात्रु सवार थिए । अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।