बुधबार, कार्तिक १९ गते २०८३
images
images

कर्णाली करिडोर एक सातादेखि बन्द

एक्सप्रेस पाना
श्रावण १५, २०७९ आइतबार
  • 279
    SHARES
  • कर्णाली करिडोर एक सातादेखि बन्द

    साउन १५ मान्म । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो । 

    images

    सडकमा गाडी थन्किएका छन् । लामो समयदेखि आफुहरु बीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताउनुभयो । “म बाजुराका लागि सामान लिएर जादैँ थिए । लाफा सडकखण्ड आइतबारदेखि बन्द छ”, उन्ले भने । हिले सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्का बताए ।  

    “हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्”, पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले भने ।

    images

    सडक खुलाउनका लागि पहल थालेपनि डोजर नहुँदा समस्या भएको  पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताए । “सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौँ, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ”, उन्ले भने ।