बुधबार, कार्तिक १९ गते २०८३
images
images

भोली सार्वजनिक बिदा

एक्सप्रेस पाना
श्रावण १५, २०७९ आइतबार
  • 271
    SHARES
  • भोली सार्वजनिक बिदा

    साउन १५ काठमाडौं । नेपाल एकीकरणमा भूमिका खेलेका अमरसिंह थापाको स्मृतिमा गोरखाको सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    images

    साउन १६ गते सोमबार गाउँपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले जानकारी दिए।

    अमरसिंहको २०६ औं स्मृति दिवसमा बिदा दिने निर्णय गाउँसभाले गरेको थियो। अमरसिंहको स्मृति दिवसमा वडा नम्बर ६ गाँखुस्थित अमरसिंह पार्कमा कार्यक्रम गरिने पनि उनले जानकारी दिए।

    images

    तत्कालीन गोरखा राज्यको रक्षा किल्ला सिरानचोक कोटमा वि.सं. १८३८ मा चौविसे राज्यहरूसँग लडाइँमा सौर्य र रणकौशलको प्रदर्शन गर्न सफल र नेपाल एकीकरणमा अमरसिंहको भूमिका रहेको गाउँपालिकाले जनाएको छ।

    296181809_482531217210405_8048172371688719430_n.jpg