बुधबार, कार्तिक १९ गते २०८३
images
images

भूकम्पबाट भोजपुरमा घर भत्कियो

एक्सप्रेस पाना
श्रावण १५, २०७९ आइतबार
  • 234
    SHARES
  • भूकम्पबाट भोजपुरमा घर भत्कियो

    साउन १५ काठमाडौं । भूकम्पबाट भोजपुरमा एउटा घर भत्किएको छ  । खोटाङ केन्द्र विन्दु भएर आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका-१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो । 

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो । यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । राष्ट्रिय भूकम्प मापन  केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।