साउन १५ मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाले घरपालुवा कुकुरलाई छाडा नछोड्न र सडकमा छाडा छोडिएका कुकुरबाट होसियार हुन सर्वसधारणलाई अनुरोध गरेको छ ।
वडा नं ४ थाङपालकोट र आसपासका वडाहरुमा रेविज रोगको लक्षण देखिएका बहुला कुकुरले मानिस, पशुवस्तु र अन्य कुकुरहरुलाई टोकी बहुला कुकुरहरुको संख्या बढदै गएपछि गाउँपालिकाले सुचना मार्फत यस्तो अनुरोध गरेको हो । साथै बहुला कुकुर देखेमा सम्बन्धित वडा कार्यालय तथा कृषि तथा पशु सेवा इकाई, पशु सेवा शाखा र गाउँपालिका कार्यालयमा जानकारी गराउन पनि सुचनामा भनिएको छ ।
.jpg)

