बुधबार, कार्तिक १९ गते २०८३
images
images

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी पुनःसञ्चालनमा

एक्सप्रेस पाना
श्रावण १६, २०७९ सोमबार
  • 316
    SHARES
  • पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी पुनःसञ्चालनमा

    पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो । 

    images

    दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो । गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।