बुधबार, कार्तिक १९ गते २०८३
images
images

आठ घण्टापछि आँबुखैरेनी-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

एक्सप्रेस पाना
श्रावण १६, २०७९ सोमबार
  • 317
    SHARES
  • आठ घण्टापछि आँबुखैरेनी-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

    साउन १५ गोरखा । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण आज बिहान २ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो । 

    images

    आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको सडकखण्ड पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

    बिहान ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको उक्त सडकखण्ड अहिले बिहान १० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । बिहान पनि वर्षा भइरहेको र ढुङ्गा खसेका कारण दुईतर्फी सञ्चालनमा ल्याउन ढिलाइ भएको थियो । 

    images