साउन १५ काठमाडौं । काठमाडौंको तारकेश्वर काभ्रेस्थलीका एकै परिवारका ४ जनाले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनास्थलमा पुगेको प्रहरीले एकै परिवारका चार जनाले आत्महत्या गरेको अनुमान गरेको हो ।
घटनास्थलको प्रकृति हेर्दा आत्महत्या गरेको अनुमान गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए । ‘घटनास्थलको प्रकृति हेर्दा परिवारका सबैले आत्महत्या गरेको देखिन्छ’, उनले भने, ‘प्रहरीले घरको ढोका फोडेर शव बाहिर निकालेको छ, त्यसका आधारमा आत्महत्या भएको हुनसक्छ ।’
तारकेश्वर नगरपालिका–११ काभ्रेस्थलीमा श्रीमान–श्रीमती र दुई छोराछोरीको शव सोमवार फेला परेको थियो । प्रहरीका अनुसार १३ वर्षकी छोरी, ८ वर्षका छोरा र श्रीमान–श्रीमती सबैजना शव फेला परेको हो । उनीहरूको पहिचान भने खुलेको छैन ।
अहिले घटनास्थलमा काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ ।
.jpg)


