बुधबार, कार्तिक १९ गते २०८३
images
images

अनाधिकृत घर टहरा हटाउन सिन्धु जिल्ला प्रशासन कार्यालयको आग्रह

एक्सप्रेस पाना
श्रावण १६, २०७९ सोमबार
  • 250
    SHARES
  • अनाधिकृत घर टहरा हटाउन सिन्धु जिल्ला प्रशासन कार्यालयको आग्रह

    साउन १६ चौतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राष्ट्रिय निकुन्ज तथा वा आरक्षभित्र निमार्ण भएका भौतिक संरचनाहरु हटाउन आग्रह गरेको छ । 

    images

    राष्ट्रिय निकुन्ज तथा आरक्ष भित्र जुनसुकै पदार्थको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न नपाइने उल्लेख गर्दै निमार्ण भएकाहरु हटाउन तथा निमार्ण नगर्न समेत आग्रह गरेको छ ।

    राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण, ऐन २०२९ को दफा ५ खण्ड (ख) को कानुनी प्रावधान बमोजिम अधिकार प्राप्त अधिकारीको अनुमति नलिई कुनै पनि व्यक्तिले, यस्तो कार्य गर्ने गराउने व्यक्तिलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण, ऐन २०२९ को दफा २६,१(क) बमोजिम दश वर्षसम्म कैद वा दशलाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकद्वारा जारि सुचनामा उल्लेख छ ।

    images

    हाल पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी क्षेत्रमा अनाधिकृत रुपमा घर, टहराहरु आदी भौतिक संरचनाहरु बनाएको गुनासो आएकाले राष्ट्रिय निकुन्जको सरकारी जग्गा÷वन क्षेत्रमा बनाईएका घर, टहरा निर्माण नगर्नु नगराउनु हुन र वनाइएका घरटहराहरु जुनसुकै वेला भत्काउने तथा कारवाही समेत हुने सुचनामा उल्लेख छ । सो वन क्षेत्रमा अनाधिकृत निर्माणका कारण कुनै समस्या उत्पन्न भएमा व्यक्ति स्वयं जिम्मेवार हुने समेत सुचना मार्फत सुचित गरिएको छ ।