साउन १७ नवलपुर । गत आइतबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण गैँडाकोट-४ को वस्ती डुबानमा परेको छ । वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको छ । वर्षाको कारण त्यहाँका बासिन्दाहरुलाई ठुलो असर परेको छ ।