बुधबार, कार्तिक १९ गते २०८३
images
images

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

एक्सप्रेस पाना
श्रावण १८, २०७९ बुधबार
  • 217
    SHARES
  • कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

    साउन १८ महेन्द्रनगर । चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ । 

    images

    बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् । गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् । उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिए । 

    ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ । सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् । 

    images