बुधबार, कार्तिक १९ गते २०८३
images
images

अवरुद्ध मध्यपहाडीको रुकुमपूर्व खण्ड पुन : सञ्चालन

एक्सप्रेस पाना
श्रावण १८, २०७९ बुधबार
  • 264
    SHARES
  • अवरुद्ध मध्यपहाडीको रुकुमपूर्व खण्ड पुन : सञ्चालन

    साउन १८ रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–३ दोमैमा पहिरो झर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग आज बिहानबाट सञ्चालनमा आएको छ । मङ्गलबार साँझ सडक माथिबाट पहिरो खस्दा आवागमन बन्द भएको थियो । 

    images

    सडकमा झरेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालन आएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

    काठमाडौं, पोखरा, बागलुङबाट आएका सवारीसाधन काँक्री र खावाङमा थुनिएका थिए भने रुकुमपश्चिमबाट आएका सवारी रुकुमकोटमै थन्किएका थिए । सडक पुन : सञ्चालन भएसँगै सवारीसाधन गन्तव्यतिर लागेका छन् । 

    images