बुधबार, कार्तिक १९ गते २०८३
images
images

पौडी खेल्ने क्रममा हराएका व्यक्तिको शव सशस्त्र प्रहरीद्वारा फेला

एक्सप्रेस पाना
श्रावण १८, २०७९ बुधबार
  • 255
    SHARES
  • पौडी खेल्ने क्रममा हराएका व्यक्तिको शव सशस्त्र प्रहरीद्वारा फेला

    साउन १८ झापा । झापा जिल्लाको गौरदह नगरपालिका ९ स्थित कमल खोलामा साउन १७ गते पौडी खेल्ने क्रममा वेपत्ता भएका १८ बर्षिय उज्वल खरेलको शव सशस्त्र प्रहरीले फेला पारी खोलाबाट बाहिर निकालेको छ ।

    images

    सोही जिल्लाको कमल गाँउपालिका १ बस्ने निज खरेल सो खोलामा पौडी खेल्दाखेल्दै एक्कासी वेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरसहितको सशस्त्र प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको टोली उनको खोजी कार्यमा जुटेको थियो । सशस्त्र प्रहरीले साउन १८ गते विहान ०८ः२० बजेको समयमा सोही ठाउँमा करीब २० फिट गहिरो पानी मुनि उनको शव फेला पारेको हो ।

    18 (1).jpg18 (2).jpg18 (3).jpg

    images