बुधबार, कार्तिक १९ गते २०८३
images
images

इन्द्रावती तीनका वडा अध्यक्ष थापालाई पितृ शोक

एक्सप्रेस पाना
श्रावण २०, २०७९ शुक्रबार
  • 486
    SHARES
  • इन्द्रावती तीनका वडा अध्यक्ष थापालाई पितृ शोक

    साउन २० कुन्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर तीनका वडा अध्यक्ष भीमेसन थापालाई पितृ शोक परेको छ । 

    images

    थापाका ९४ बर्षीया पिता भक्त बहादुर थापाको बिहीबार आफ्नै निवास इन्द्रावती तीन कुन्चोक देउरालिमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उहाँको हिजै हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ । उहाँका तीन छोरा र तीन छोरी हुनुहुन्छ । 

    उहाँ जेठो छोरा राजनितीमा सक्रिय रहनु भएको छ । माइलो शिक्षक सँगै राजनितीमा पनि सक्रिय रहेका छन् भने कान्छो छोरा समाजसेवी र सफल व्यवसायी हुनुहुन्छ । जेठो छोरा भीमसेन थापा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट इन्द्रवती तीनको वडा अध्यक्ष पदमा भारी मतका साथ निर्वाचित हुनु भएको थियो । उहाँ राजनितीसँगै समाजसेवी र सफल व्यवसायीको रुपमा परिचित रहनु भएको छ ।

    images