बुधबार, कार्तिक १९ गते २०८३
images
images

अझै भएन काठमाडौंको फोहोर व्यवस्थापन

एक्सप्रेस पाना
श्रावण २४, २०७९ मंगलबार
  • 336
    SHARES
  • अझै भएन काठमाडौंको फोहोर व्यवस्थापन

    साउन २४ काठमाडौं । काठमाडौंमा अहिलोको समस्या भनेको सहर बजार जहाँ तही अव्यवस्थित रुपमा थुपारीएको फोहोर उठाउन नसक्नु हो । जुन पार्टिको सरकार (नेता) आए पनि यसको दीर्घकालीन हल हुन सकेको छैन । आजभोलि स्थानीयको अवराधको कारण भनौं या फोहोर फाल्ने स्थानमा भएको समस्यको कारणले भनौं, काठमाडौंमा जहाँ तही फोहोरको डंगुर फैलिएको देखिन्छ । यसले गर्दा सुनौलो सहरको शोभा पनि घटेको छ । 

    images

    अहिले केही समय देखी दिनहुँजसो पानी पर्छ । त्यही कारण उक्त फोहोर बगाएर सडकमा फैलिने वा ढलमा मिसिएर निकास बन्द हुनुका साथै गर्मीको समयमा वातावरणमा दुर्गन्धि भएर विभिन्न सरुवा रोग फैलिएका छ । 

    उपत्यकामा फोहोर उठेन भन्दा पनि उठाउन थालियो भन्दा अनौठो मान्नुपर्ने अवस्था छ । महानगरले साउन १ गते बाट कुहिने र नकुहिने फोहोर छुट्याउन भनेको थियो, तर नियमित फोहोर नउठदा छुट्याएको फोहोर पनि मिसिएर सडकमा आउन थालेको छ । 

    images

    महानगरले फोहोर फाल्ने ल्यान्डफिल साइटको दीर्घकालिन व्यवस्थापन गर्न नसकेको कारणले गर्दा पनि समय समयमा यस्तै समस्या दोहोरीएको छ । यति मात्र होइन, अब महानगरले सधैका लागी फोहोर व्यवस्थापन गर्ने तर्फ दीर्घकालीन नीति बनाउनु अति जरुरी छ ।