बुधबार, कार्तिक १९ गते २०८३
images
images

स्थानियले गाडी तोडफोडगरे पछि फोहर व्यवस्थापनमा समस्या

एक्सप्रेस पाना
श्रावण २४, २०७९ मंगलबार
  • 271
    SHARES
  • स्थानियले गाडी तोडफोडगरे पछि फोहर व्यवस्थापनमा समस्या

    साउन २४ काठमाडौं । गएराति काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफड भएको छ । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहर बोकेर गएका गाडीमाथि  आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको बताइएको छ ।

    images

    गाडी तोडफड भएसँगै आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन काम प्रभावित भएको छ । घटनाको बारेमा जानकारी लिनका लागि  स्थानीय र प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार गरेको कामपा वातावरण विभाग प्रमुख सरिता राइले जनाकारी दिनुभयो ।

    तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएको प्रमुख राइले जानकारी दिनुभयो ।  यस अघि पनि ल्याण्डफिल साइटका स्थानीयले पटक पटक अवरोध गर्दै आएपछि कामपा र स्थानीय बीच १८ वुँदे सहमति भएको थियो । सहमति अनुसार चरणवद्ध रुपमा कामपाले काम गरिरहेको पनि राइको भनाई छ ।

    images