बुधबार, कार्तिक १९ गते २०८३
images
images

बाहुनेपाटी-खाल्डेखोला सडक स्तरउन्नती गर्न नापजाँच

एक्सप्रेस पाना
श्रावण २४, २०७९ मंगलबार
  • 562
    SHARES
  • बाहुनेपाटी-खाल्डेखोला सडक स्तरउन्नती गर्न नापजाँच

    साउन २४ सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपालिका-१० बाहुनेपाटी पुलदेखि पाँचपोखरी- थाङ्पाल गाउँपालिकाको सिमा खाल्डेखोलासम्मको सडक खण्डको मर्मत तथा स्तरउन्नति गरिने भएको छ । 

    images

    मङ्गलबार स्तरउन्नतिका लागि नापजाँच शुरु गरिएको हो । मेलम्ची नगरपालिकाको आर्थिक बर्ष २०७९÷८० मा बिनियोजित चार करोड रकमबाट बाहुनेपाटी पुलपारिबाट खाल्डेखोलासम्मको दस किलोमिटर सडक स्तरउन्नती गरिने मेलम्ची नगरपालिकाका इन्जिनियर जितबहादुर कार्कीले जानकारी दिनुभयो । 

    इन्जिनियरसहितको प्राविधिक टोली, नगर प्रमुख आइतमान तामाङ, १० नं वडाका अध्यक्ष अमृत खनाललगायतले बाटो  स्थलगत रुपमा अनुगमन तथा नापजाँच गरेको हो । 

    images