साउन २५ मेलम्ची । मेलम्ची बजारका खाद्य बिक्री पसल, हार्डवयर सामान बिक्री गर्ने पसल, होटल तथा मेडिकलहरुको बुधबार अनुगमन गरिएको छ । बजार अनुगमनलाई प्रभावकारी, नियमित र समन्वयात्मक बनाउन सरकारले मंगलबार जारी गरेको निर्देशनअनुसार बजार अनुगमन थालिएकोे घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकका प्रमुख विश्वनाथ काफ्लेले बताउनुभयो ।
अनुगमनको क्रममा मूल्यसूची नराख्ने, व्यवसाय दर्ता, कर दर्तालगायतका अनुमति पत्र नराख्ने, समयमा नवीकरण नगर्ने पसलहरुलाई नियम पालन गर्न निर्देशन दिइएको छ । अर्को पटक पनि सोही समस्या देखिए जरिवाना गरिने जिल्ला प्रशासन कार्यालयका नायव सुव्बा राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । खाद्य प्राविधिबाट अनुज्ञापत्र लिएर मात्र खाद्य बस्तु मिठाई, बेकरीका प्रकारलगायत बिक्री गर्न पनि आग्रह गरिएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय मेलम्ची, कोष तथा लेखा नियन्त्रण कार्यालय, मेलम्ची नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय,उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, पत्रकार, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो । अनुगमन आएको थाहा पाएपछि पसल थुनेर भाग्ने क्रम बढेकाले त्यस्ता व्यवसायीलाई कारबाही गर्न स्थानीयवासीले माग गरेका छन् ।
(फोटो फिचर) :




.jpg)


