सहकारी तथा गरिवी निवारण सम्बन्धी व्यवस्थापन सुचना प्रणाली सञ्चालनका बारेमा मेलम्चीमा जारी ४ दिने तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समापन कार्यक्रममा नगरप्रमुख आइतमान तामाङले सहकारीलाई ब्यबस्थित बनाउन यस्ताखाले कार्यक्रम आवश्यक रहेको बताउनुभयो । तामाङले कृषिक्षेत्रसँग सम्बन्धित विभिन्न कार्यगर्नलाई नगरपालिका सहकारी सँग हातेमालो गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले सहकारीको विकासका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
उहाँले विशेष गरि कृषि तथा पशुपालक कृषकहरुको लागि र ब्यबशाय गर्ने कृषकहरुको सारथिको रुपमा सहकारी रहनुपर्नेमा जोड दिनुभएको थियो । नेपाल सरकारले सहकारी संस्थाहरु लाई व्यवस्थित गर्नका लागि सबै संस्थाहरुलाइ अभिलेख राख्नका लागी कोपोमिस सञ्चालन गर्ने व्यबस्था गरेको छ । प्रशिक्षण बाट कोपोमिस भनेको के हो ? यो कसरी सञ्चालन गर्ने भन्ने बारेमा धेरैकुरा सिकिएको सुर्यमुखि साना किसान कृषि सहकारीका ब्यबस्थापक गोबिन्द नेपालले बताउनुभयो ।

तालिममा नगरपालिकामा रहेका मध्य सक्रिय रुपमा कार्य गरिरहेका ४०वटा सहकारिका पदाधिकारी तथा कर्मचारी हरुको उपिस्थति रहेको थियो । मेलम्ची नगरपालिका सहकारी शाखाले सञ्चालन गरेको कार्यक्रमममा केन्द्रिय सहकारी बिभागका कोपोमिस प्रशिक्षक लोकमणि पाण्डेले सहजिकरण गर्नुभएको थियो ।
नगरपालिकामा १५२ वटा सहकारी संस्था दर्ता भएको नगरपालिकाका सहकारी फोकल पर्सन सोम थोकरले जानकारी दिनुभयो । प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल ,नगरपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
.jpg)


