बुधबार, कार्तिक १९ गते २०८३
images
images

जनैपूर्णिमामा क्वाटी किन खाने ? यस्ता छन् फाइदा

एक्सप्रेस पाना
श्रावण २७, २०७९ शुक्रबार
  • 677
    SHARES
  • जनैपूर्णिमामा क्वाटी किन खाने ? यस्ता छन् फाइदा

    क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ ।

    images

    क्वाँटी शब्द नेपालभाषाको क्वाति शब्दबाट बनेको हो, जस अनुसार (क्वा) को अर्थ तातो र (ति) को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले (क्वाति वा क्वाँटि) को अर्थ तातो सुप भन्ने बुझिन्छ ।

    जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । विभिन्न ९ थरीका गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खाने गरिन्छ ।

    images

    यस्ता गेडागुडीको मिश्रण खानु अघि यसलाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो ।

    टुसा उमारेको क्वाँटी प्रोटिनको खानी मानिन्छ । टुसा उम्रेपछि क्वाँटीमा भएका तत्त्वहरू प्रोटिन, सूक्ष्म पोषकतत्त्व, क्याल्सियम, भिटामिन २० गुणा बढ्न जान्छन् । क्वाँटीलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ ।

    सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । क्वाँटीलाई पिसेर पिठोमा मिलाएर बालबालिकाका लागि खाजा खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ ।

    किनभने, मकैमा भएको कार्बोहाइड्रेट, क्वाँटीमा भएका विभिन्न किसिमका सूक्ष्म पोषकतत्त्व मिलेपछि असाध्यै राम्रो खाद्यवस्तु बन्छ । टुसा उमारेको चना बालबालिकालाई खुवाइयो भने प्रोटिनको मात्र पर्याप्त हुन्छ । टुसा उमारेको कुनै पनि खाद्यवस्तुलाई जीवन्त खानेकुरा भनिन्छ ।

    यस्ता छन क्वाँटी खानुका फाइदा :
    १) कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो ।
    २) मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
    ३) यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
    ४) तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
    ५) यो सजिलै पाच्य हुन्छ ।
    ६) पेटमा अनावश्यक वायु बनाउँदैन ।
    ७) क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
    ८) रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
    ९) रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।
    १०) क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
    ११) मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
    १२) रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
    १३) क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।
    १४) गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।