बुधबार, कार्तिक १९ गते २०८३
images
images

जनैपूर्णिमा : सिन्धुपाल्चोकको यी प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरु दर्शनार्थीको घुइँचो

एक्सप्रेस पाना
श्रावण २७, २०७९ शुक्रबार
  • 467
    SHARES
  • जनैपूर्णिमा :  सिन्धुपाल्चोकको यी प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरु दर्शनार्थीको घुइँचो

    साउन २७ काठमाडौं । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरी, रैथानेश्वर, नौलिङेश्वर, भैरवकुण्ड लगायतका क्षेत्रमा जनैपूर्णिमाको अवसरमा दर्शनार्थीहरुले उत्साहपुर्वक मेला भरेका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला स्थगित गरिएको थियो ।

    images

    यसपालि भने जनैपूर्णिमाको अबसरमा पाँचपोखरी मेला भर्नका लागि सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी आइपुगेका छन् । समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइमा रहेको पाँचपोखरी क्षेत्रमा साना–ठूलो गरी पाँचवटा ताल रहेका छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य हो ।

    No description available.

    images

    इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी रहेका छन्। पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजनहरुले चढाउने गरेका छन् । विशेषगरी यहाँ जाने भक्तजनहरुले खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन्। पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा गई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

    पाँचपोखरी आसपासका स्थानमा आमायाङरी, ड्रयागन गुफा, हवेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, जुगल हिमाल, दोर्जे लाक्पा हिमाल लगायतका पर्यटकीय स्थल समेत रहेका छन्। जनै पुर्णीमा तथा गाईजात्राकै अबसर पारेर पाँचापोखरी थाङपाल गाउँपालिका ४ मा रहेको बाग्मति प्रदेशकै बृहत बिद्यालय थाङपाल भ्याली मा.बि.का बिद्यार्थीहरुले पनि मौलिक कला सस्कृति को जगेर्ना गर्ने उदेश्यले गाइजात्रा तथा भाक्रीँ नाँचको प्रस्तुती गरेका छन् ।

    बिद्यालय स्तरबाटै बिद्यार्थीहरुले कला संस्कृति जगेर्ना र बिकास गर्न सक्ने भएकाले बिद्यार्थीहरुलाई सहभागि गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले बताउनुभयो ।