बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रेस युनियन केन्द्रिय सदस्य नेत्र तामाङ सम्मानित

एक्सप्रेस पाना
श्रावण ३१, २०७९ मंगलबार
  • 273
    SHARES
  • प्रेस युनियन केन्द्रिय सदस्य नेत्र तामाङ सम्मानित

    साउन ३१ काठमाडौ । तामाङ प्रशारण दिवसको अवसरमा बागमती तामाङ पत्रकार संघले आयोजना गरेको बागमती प्रदेशमा तामाङ रेडियोहरुको अवस्था अवसर र चुनौती विषयक कार्यक्रममा नेपाल प्रेस युनियन का केन्द्रिय सदस्य नेत्र तामाङ सम्मानित भएका छन् ।

    images

    राजधानी स्थिती आज बागमती प्रदेश का मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले तामाङ लाई बधाई तथा सम्मान पत्र प्रदान गरेका थिए ।​​ ​हेटौंडामा साउन ६ र ७ गते सम्पन्न भएको महाधिवेशन मा तामाङले ७१३ लोकपि्रय मत पाउदै खला सदस्यमा निर्वाचित भएका थिए ।

    खुल्ला सदस्यमा १५ जनाको कोटामा उनी एक्लै तामाङ समुदाय लाई प्रतिनिधित्व गर्दै निर्वाचन मा होमिएका थिए त्यसैले तामाङ लाई बधाई का साथै सम्मान गरिएको बागमती तामाङ पत्रकार संघका अध्यक्ष अर्जुन तामाङले बताए । उनी सिन्धुपाल्चोक जिल्ला बाट प्रतिनिधि थिए ।
    तामाङ नेपाल तामाङ पत्रकार महासङघका केन्द्रिय उपाध्यक्ष समेत हुन् ।

    images