भदौं १ काठमाडौं । नेपालभर साइकलको माध्यम बाट भ्रमण निस्किएका अभिनय कार्काीले आफ्नो साइकल यात्रा पूरा गरेका छन् । देशका ७७ जिल्लामा पुगेर दोलखाको पर्यटन प्रवर्द्धन गर्ने तथा लागू औषधविरुद्ध जनचेतना मूलक अन्तर्क्रिया गर्ने उद्देश्यसहित कालिन्चोक गाउँपालिका ३ लामिडाँडाका युवा अभिनय कार्कीले १०० दिने साइकल यात्रा सुरु गरेका थिए । उनले उक्त यात्रा हिजो मंगलबार दोलखा जिल्लको सदरमुकाम चरिकोटमा पुगेर समानपन गरेका हुन् । जुन ठाउँमा उनले गत १५ पुषबाट सुरुवात गरेको ठाउँ हो ।
साइकलमा देखिएको समस्या, विभिन्न जिल्लाको प्राकृतिक सुन्दरताबारे खोज, वर्षाको समय आदीका कारण आफ्नो यात्रा ९९ दिन लम्बिएको कार्कीले बताए ।
अभिनयले पर्यटन प्रवर्द्धन तथा लागू औषध सम्बन्धी जनचेतनाका लागि फ्रस्ट्रेसन,डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौ, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरु एकजुट बनौं, भन्ने मुल सन्देशलाई प्रवाह गर्दै १०० दिनको साईकल यात्रा सुरु भएको उनको भनाई छ । साथै आफ्नो साइकल यात्रा निक्कै उपलब्धि मूलक रहेको भनाई छ । आफूले देशको ७७ जिल्लाका विभिन्न ठाउँमा पुगेर नेपालको प्राकृतिक सुन्दरता नियाल्न पाएको पनि कार्कीले बताए ।
आफूले ७७ जिल्लामा देखेको र भोगेको समग्र विषय समेटेर डकुमेन्ट्री बनाउने र पुस्तक प्रकाशनको तयारी समेत गर्ने कार्कीले बताए । साथै उनले अब सगरमाथा आरोहण र विश्व साइकल यात्राको तयारी गर्ने समेत बताएका छन् ।
.jpg)


