बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

एक्सप्रेस पाना
भाद्र २, २०७९ बिहीबार
  • 181
    SHARES
  • आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

    भदौ २ काठमाडौं । देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    images

    आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक(दुई स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
     
    लुम्बिनी, कर्णाली, प्रदेश १, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।