बुधबार, कार्तिक १९ गते २०८३
images
images

१५ दिनभित्र कलंकीबाट खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन

एक्सप्रेस पाना
भाद्र २, २०७९ बिहीबार
  • 213
    SHARES
  • १५ दिनभित्र कलंकीबाट खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन

    भदौ २ काठमाडौं । काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।

    images

    वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको छ।

    खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरले आज जारी गरेको सूचनामा उल्लेख छ।

    images

    स्थानीय बासिन्दाले सामूहिक रूपमा निवेदन दिँदै खसीबजार हटाइदिन महानगरसँग माग गरेका थिए। अबको १५ दिनपछि उक्त जग्गामा खसी बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई महानगरले आग्रह गरेको छ । व्यवसायीले खसी बजारको वैकल्पिक व्यवस्था गर्नुपर्ने महानगरको भनाइ छ ।