भदौ ३ काठमाडौं । भुटानमा आयोजना हुने पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा भाग लिने नेपाल सो-क्योकुशिन करातेलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंक लाल घिसिङले विदाइ गर्नुभयो ।
भुटान जाने टोलीमा ३ अफिसियल र ६ खेलाडी रहनु भएको छ । संघका अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा रहेको टोलीमा जगतबहादुर धामी, कसिस कुमारी क्षेत्री, सिवानी श्रेष्ठ, कविन देशार, भुवन हायु, जयराम ब्लोन, मुकेश लुईटेल खत्री र दलबहादुर घले हुनु हुन्छ । भुटानको फुएनसोलिगमा अगष्ट २० र २१ गते हुने च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र ईन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा हुन लागेको हो ।
.jpg)

