बुधबार, कार्तिक १९ गते २०८३
images
images

यस वर्षको गाईजात्रा आजदेखि सम्पन्न

एक्सप्रेस पाना
भाद्र ३, २०७९ शुक्रबार
  • 477
    SHARES
  • यस वर्षको गाईजात्रा आजदेखि सम्पन्न

    भदौ ३ काठमाडौं । गत साउन २७ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजदवेखि पूरा गरिएको छ । 

    images

    जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको गाईजात्रा पर्व आज पुनःतलेजुको पूजा गरेपछि सम्पन्न भएको त्यहाँका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने गरिए पनि अन्य दिनमा भने घिनताङ घिसीनाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाइएको थियो ।

    जात्रा समापनका क्रममा आज घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जङ्गली नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो भने भैरव मन्दिरमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयौं महिलाले टोलटोल घुमेर बत्तीसमेत जगाएका थिए ।

    images

    श्रीकृष्ण जन्माष्टमीसमेत रहेकाले नारायणको पूजा गरी नारायणका लागि आज भक्तपुरका बालबालिका एवं युवाले टाउको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेका थिए । 

    आज टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि विधिवत्रुपमा गाइजात्रा सम्पन्न भएको मानिने मूल नाइके जोशीले बताए ।