बुधबार, कार्तिक १९ गते २०८३
images
images

अनाथ आश्रमलाई आर्थिक सहयोग

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 209
    SHARES
  • अनाथ आश्रमलाई आर्थिक सहयोग

    भदौ ६ काठमाडौं । समाजसेवी एवं महिला उद्यमी सविता ढुङ्गानाले तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय अनाथ आश्रमलाई एक लाख आर्थिक सहयोग उपलब्ध गराएकी छन् ।

    images

    उन्ले सो आश्रमलाई आफू बाचुञ्जेल प्रत्येक वर्ष एक लाख आर्थिक सहयोग गर्ने घोषणा पनि गरीन् । चाँगुनारायण नगरपालिका–४ साङदह भक्तपुरस्थित तुलसालय आश्रममा आइतबार आयोजित एक समारोहमा समाजसेवी ढुङ्गानाले तुलसालय आश्रम सञ्चालक संस्था तुलसादेवी हरिहर फाउन्डेसनकी अध्यक्ष सरु सुवेदीलाई सो रकमको चेक हस्तान्तरण गरीन् ।

    समाजसेवी ढुङ्गानाले उक्त तुलसालय आश्रमले अनाथ एवं अपाङ्गता भएका बालबालिकाका साथै ज्येष्ठ नागरिक र मानसिक रोग भएकाको उद्धार र लालनपालन गरेको आफूले फेसबुकबाट जानकारी पाएर सो रकम सहयोग गरेको बताए । उन्ले आफू बाचुञ्जेल अब हरेक वर्ष एक लाख आर्थिक सहयोग सो आश्रमलाई उपलब्ध गराउने पनि सोही कार्यक्रममा घोषणा गरीन् ।  

    images

    उक्त आश्रमले अनाथ एवं असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा मानसिक रोग भएकालाई चाँगुनारायण र ललितपुर महानगरपालिका– २५ स्थित नख्खुटोलमा अलग अलग राखेर लालनपालन एवं शिक्षादीक्षा प्रदान गर्दै आएको छ ।

    हाल सो आश्रममा रहेका २६ बालबालिका विद्यालय जाने गरेका छन् भने विभिन्न उमेर समूहकाका ४४ जना उद्धारपछि आश्रममा आश्रित रहेका अध्यक्ष सुवेदीले जानकारी दिए । उन्का अनुसार उद्धार गरिएकामध्ये केहीलाई पुनःस्थापना गरिएको छ ।   

    उन्ले आश्रममा रहेका बालबालिकालाई राम्रो शिक्षादीक्षा दिन तथा मानसिक रोग भएकालाई उपचार सेवासमेतका लागि आर्थिक अभाव रहेका बेला आएको सो सहयोग र प्रतिबद्धताका लागि समाजसेवी ढुङ्गेलललाई धन्यवाद दिए ।

    सडकमा अलपत्र अवस्थामा भेटिएका यस्ता अनाथ एवं असहाय बालबालिका तथा विभिन्न उमेर समूहका नागरिकलाई प्रहरीले आश्रममा ल्याइदिने तर नेपाल सरकार तथा स्थानीय सरकारले आफ्नो दायित्व बहन गरी यस्ता आश्रमलाई कुनै आर्थिक सहयोग नगर्ने भएकाले आश्रममा आश्रितको लालनपालनमै गाह्रो हुँदै गएको अध्यक्ष सुवेदीले बताए ।

    सो आश्रममा सातौँ छोरीका रुपमा जन्म लिएर पाँच मिनेटमा नै आमा गुमाउन पुगेकी हुम्लाकी आठ महिनाकी स्तुतिदेखि चिकित्सकका रुपमा २८ वर्षसम्म नेपाल सरकारको सेवा गरेका ६४ वर्षीय डा.भगवानभक्त श्रेष्ठसम्म आश्रित छन् ।