बुधबार, कार्तिक १९ गते २०८३
images
images

निकुञ्ज क्षेत्रमा वृद्ध मृत फेला

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 238
    SHARES
  • निकुञ्ज क्षेत्रमा वृद्ध मृत फेला

    भदौ ६ माडी । माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । पचहत्तर वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् ।  

    images

    आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो । शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। वडा नं ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।