बुधबार, कार्तिक १९ गते २०८३
images
images

निहारिकालाई मधेस सरकारले पाँच लाख सहयोग गर्ने

एक्सप्रेस पाना
भाद्र १०, २०७९ शुक्रबार
  • 191
    SHARES
  • निहारिकालाई मधेस सरकारले पाँच लाख सहयोग गर्ने

    भदौ १० काठमाडौं । मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई रु पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

    images

    मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

    मन्त्री साहले निहारिकालाई कानुनी लडाइँका लागि मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा सो रकम सहयोग गरिएको जानकारी दिए। उहाँले न्यायाधिवक्ता कार्यालयबाट निहारिकालाई आवश्यक सहयोगसमेत प्रदान गरिने जानकारी दिए।

    images