बुधबार, कार्तिक १९ गते २०८३
images
images

बस्ती बसेको बीस वर्षपछि बिजुली

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 191
    SHARES
  • बस्ती बसेको बीस वर्षपछि बिजुली

    भदौ १२ गोदावरी । कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो ।

    images

    दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन् । खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका छन् । बीस वर्षदेखि नै अँध्यारोमा बस्न बाध्य हुँदै आएकामा अहिले बिजुली बत्ती बलेपछि टोलमा खुसीयाली छाएको मातादेवी नेपालीले बताउनुभयो । 

    यसअघि बिजुली नहुँदा गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेकामा अहिले सो बाध्यता हटेको उहाँले बताउनुभयो । “बत्ती नहुँदा बर्खायाममा रातिको समयमा सर्प, बिच्छीको डर थियो”, उहाँले भन्नुभयो, “बिजुली आएसँगै त्यो समस्या समाधान भएको छ, ढुक्कसँग बिजुली बाल्न पाएका छौँ र घरभित्र सुत्न पाएका छौँ ।”

    images

    यसअघि पटक–पटक बिजली बत्तीका लागि सम्बन्धित निकायमा धाउँदा पनि मागको सुनुवाइ नभएको स्थानीयको भनाइ छ । विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका सो टोलवासीले पहिलोपटक बत्ती बाल्न पाएको उहाँको भनाइ छ ।

    नगरप्रमुख वीरेन्द्र भट्टले चुनावी अभियानका क्रममा बोलेका बाचाहरू आफूले पूरा गरेको बताउनुभयो । लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका  टोलवासीले नगरपालिकाको पहलमा बिजुली बत्ती बाल्न पाएको उहाँले बताउनुभयो । सो टोलले  बिजुली बत्ती पाए पनि बाटोघाटो र खानेपानीको समस्या भने यथावत छ । रासस