हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नं ९ पशुपतिनगरमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छन् ।
शनिबार हेटौंडाबाट बारातर्फ जाँदै गरेको ग २२ प ६१३ नम्वरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको ना४ख ९६०३ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार नेपाली सेना राजदल गण खैरहनीटार तनहुमा कार्यरत २५ वर्षीया श्रृजना बिक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रृजनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलका चालक पर्सा ठोरी गाउँपालिका-२ घर भई नेपाली सेना राजदल गण खैरहनीटार तनहुमा कार्यरत २९ वर्षीय आदर्श बिक र उनका ५ वर्षीय छोेरा आशिक बिक घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार, मृतक श्रृजना र आदर्श श्रीमान् श्रीमती हुन् । प्रहरीले ट्रक तथा चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
.jpg)


