बुधबार, कार्तिक १९ गते २०८३
images
images

जङ्गली हात्तिको आक्रमणबाट बालिकाको मृत्यु

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 221
    SHARES
  • जङ्गली हात्तिको आक्रमणबाट बालिकाको मृत्यु

    भदौ १३ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा आज साँझ अबेर जङ्गली हात्तिको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । 

    images

    इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार जङ्गली हात्तिको आक्रमणबाट शुक्लाफाटा नपा–७ सिमलफाँटाका १० वर्षीया मीना जोशीको घटनास्थलमा मृत्यु भएको छ ।

    हात्तिको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ प्रवेश गरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली पुगी सकेका छन् । 

    images