बुधबार, कार्तिक १९ गते २०८३
images
images

पशुपतिमा रातो रंगमा सजिएका नारीहरुको चहल पहल सुरु (फोटो फिचर)

एक्सप्रेस पाना
भाद्र १४, २०७९ मंगलबार
  • 186
    SHARES
  • पशुपतिमा रातो रंगमा सजिएका नारीहरुको चहल पहल सुरु (फोटो फिचर)

    भदौ १४ काठमाडौं । भाद्र शुक्ल तृतीयाको दिन आज हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग हरितालिका तीज मनाउँछन् । पति अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा झर्छन् जस्तो भान हुन्छ ।

    images

    आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ । यस्तै आजको दिन विशेष गरि पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरुको बाक्लो उपस्थित सुरु हुन थालेको छ । गत वर्ष कोरोना महामारीको कारण कम मात्रमा चहपल भएको पशुपतिमा यसपलि बाक्लो रुपमा भक्तजनको उपस्थिति रहने विस्वास गरिएको छ । 

    IMG_20220830_081031.jpg

    images

    पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । 

    मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा बसेसम्म खुला गरिने जनाइएको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड हो । बिहान मूल मन्दिर प्राङ्गणमा मात्र वर्तालु लाममा बसेका छन् । बाहिरी क्षेत्रमा भीड भएको पनि उनले बताए । पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चार वटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ । कोषले यस वर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लामको व्यवस्था गरेको छ ।

    फोटो फिचर

    IMG20220830075933.jpg

    IMG_20220830_084152.jpg

    IMG_20220830_084140.jpg

    IMG_20220830_084134.jpg

    IMG_20220830_083959.jpg

    IMG_20220830_083950.jpg

    IMG_20220830_083943.jpg