बुधबार, कार्तिक १९ गते २०८३
images
images

चट्याङ लागेर तीनको मृत्यु

एक्सप्रेस पाना
भाद्र १४, २०७९ मंगलबार
  • 270
    SHARES
  • चट्याङ लागेर तीनको मृत्यु

    भदौ १४ रौतहट । रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ । खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेबको हो ।

    images

    मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेशकुमार सिंहले जानकारी दिए । सुदनिया र जगिया एउटै परिवारका हुन् । 

    चट्याङबाट ४० वर्षीया सैली देवी घाइते भएकी छिन् । यसैबीच गरुडा नगरपालिकाका प्रमुख कन्थमणी जयसवालले घटनास्थल पुगेर पीडित परिवारलार्ई सहयोग गर्ने आश्वासन दिनुभएको प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादवले जानकारी दिए । 

    images