बुधबार, कार्तिक १९ गते २०८३
images
images

बाटोमा भेटिएको एक लाख ७३ हजार फिर्ता

एक्सप्रेस पाना
भाद्र १४, २०७९ मंगलबार
  • 283
    SHARES
  • बाटोमा भेटिएको एक लाख ७३ हजार फिर्ता

    धादिङको ज्वालामुखी गाउँपालिका-७ का ४१ वर्षीय तकबहादुर नेपाली सोमबार मोटरसाइकलमा पोखरा जाँदै हुनुहुन्थ्यो । ग६प ६६९२ नंको मोटरसाइकलमा सवार नेपालीले मोटरसाइकल पछाडि झोला राख्नुभएको थियो । 

    images

    चितवनबाट पोखरा आउँदै गर्नुभएका उहाँको तनहुँको व्यास-१ अम्रेनीमा आइपुग्दा झोला खस्यो । झोलामा थियो नगद एक लाख ७३ हजारसहित अन्य कागजात ।
     
    झोला हराएको सूचना नेपालीले जिल्ला प्रहरी कार्यालय तनहुँलाई दिनुभयो । उक्त झोला सोमबार राति नै चितवनको भरतपुर महानगरपालिका-१ रामबजार बस्ने २९ वर्षीय कृष्णबहादुर कुँवरले फेला पार्नुभएको थियो । झोला खोलेर हेर्दा पैसा देखेपछि उहाँले तत्कालै उक्त झोला प्रहरी कार्यालयमा बुझाउनुभयो ।

    उक्त झोला प्रहरीले मङ्गलबार सम्बन्धित व्यक्तिलाई बुझाएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । ‘‘झोला फेला पार्ने व्यक्तिमा इमानदारिता देखियो, उहाँलाई विशेष धन्यवाद छ”, उहाँले भन्नुभयो, “हामीले नगद र अन्य कागजातसहितको झोला तकबहादुरलाई बुझाएका छौँ ।”

    images