बुधबार, कार्तिक १९ गते २०८३
images
images

दुई समूहबीचको झडपमा एकजनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र १५, २०७९ बुधबार
  • 197
    SHARES
  • दुई समूहबीचको झडपमा एकजनाको मृत्यु

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । 

    images

    तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

    “स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ”, उहाँले भन्नुभयो, “मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।”रासस

    images