भदौ १५ चौतारा । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका ४ पिस्करमा पहिरोमा परि मृत्यु भएको १७ बर्षिय अमित थामिको परिवारलाई सिन्धु कांग्रेसले आर्थिक सहयोग गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहन बहादुर बस्नेत लगायत नेपाली कांग्रेस नेताहरुले राहत स्वरुप नगद एक लाख ६ हजार तथा खाध्यान्न चामल, दाल, तेल, म्याटेस्, पोलारसहितको सामाग्री वितरण गरेको महाधिवेशन प्रतिनिधि युधिर पौडेलले बताउनु भयो ।
उक्त सामग्री तथा नगद निज मृतकको ठुलोबुबा तथा नेकपा एमालेका त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष तथा पूर्व वडा अध्यक्ष भोटला थामिलाई हस्तान्तरण गरिएको युधिर पौडेलले बताउनु भयो ।
थामिको आज मामाघर बाट घर फर्किदै गर्दा पिस्कर पहिरोमा ढुंगाले लागेर घटना स्थलमै मृत्यु भएको थियो ।
.jpg)


