भदौ १८ रौतहट । ‘धुवा चुल्हो मुक्त अभियान’ अन्तरगत रौतहटको कटहरिया नगरपालिका-९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।
कटहरिया स्थित तराई मधेस जनयुद्ध शहीद स्मृती प्रतिष्ठानमा आज आयोजित एक कार्यक्रमका बीचमा ५५० घर परिवारलाई ग्यास सिलिडन्र तथा चुल्हो वितरण गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले ‘धुवा चुल्हो मुक्त अभियान’ चलाउँदै आएका छन् । पछिल्लो निर्वाचन ताका उनी धुवा चुल्हो मुक्त अभियान अन्तरगत ग्यास सिलिडन्र तथा चुल्हो वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अभियान अन्तरगत यस्तो कार्यक्रम हुदै आएको छ ।
यस ग्यास चुल्हो तथा सिलिन्डर वितरण संगै अब कटहरिया नगरपालिका पनि धुवाँ चुल्हो मुक्त नगर बन्ने निश्चित भएकोमा साहले खुशी व्यक्त गरेका छन् ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं मधेस प्रदेशका सांसद कुन्दन कुशवाहा, पार्टी क्षेत्रिय ईन्चार्य एवं पुर्व मेयर सियाराम कुशवाहा, युवा संघको प्रदेश सह-ईन्चार्य नरेश तुरहा, नगर कमिटी ईन्चार्ज योगेन्द्र साह, वड़ाध्यक्ष चन्दन कुशवाहा लगायत जनप्रतिनिधि तथा नेताहरुको उपस्तिथिमा चुल्हो र ग्यास सिलिन्डर वितरण गरिएको हो ।
यस अघि पनि रौतहटका बिभिन्न पालिका, वडा तथा गाउँहरुमा ग्यास सिलिडन्र तथा चुल्लो वितरण हुदै आएको छ ।

.jpg)


