बुधबार, कार्तिक १९ गते २०८३
images
images

मुख्यमन्त्री राईलाई मातृशोक

एक्सप्रेस पाना
भाद्र २०, २०७९ सोमबार
  • 229
    SHARES
  • मुख्यमन्त्री राईलाई मातृशोक

    भदौ २० काठमाडौं । प्रदेश नं १ का  मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उहाँकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज  बिहान  विराटनगरमा निधन भएको हो । स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उहाँको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उहाँ श्वासप्रश्वास लगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखी आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने कार्यक्रम छ । 

    images

    उहाँको स्थायी बसोबास भोजपुरको षडानन्द नगरपालिका–११, झ्याउँ पोखरी हो । विसं १९९५ मा भोजपुरको तिम्मा गाउँमा जन्मिनु भएकी धनकुमारीको मुख्यमन्त्री राजेन्द्रकुमारसहित तीन छोरा, एक छोरी र श्रीमान हुनुहुन्छ ।