काठमाडौं । सामान्य मानिसले सोच्दा असम्भव ठानिएका र अपत्यारिलो तबर बाट साहसिक यात्राहरु गर्दै आफुलाई अरु व्यक्ती भन्दा अब्बल सावित गरिरहेका दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ३ घर भएका नेपाल साइकल यात्री तथा मेचीमहाकाली पैदल यात्री अभिनय कार्कीले सुदुरपश्चिमको प्रवेशद्वार मानिने चिसापानी (कर्णालीको पुल) देखि छिमेकी राष्ट्र भारतको राजधानी नयाँ दिल्ली सम्मको साइकल यात्रा गर्ने भएका छन् ।
कार्कीले केही दिन अघि मात्रै पर्यटन प्रबर्द्धन र लागू औषध सम्बन्धी जनचेतनाको लागि नेपालका ७७ वटै जिल्लाहरु १९९ दिनमा साइकल यात्रा गरिसकेका छन् । उनले गत २०७७ फागुन ६ देखि विश्व शान्तिको कामना गर्दै सय भन्दा बढी देशहरुको राष्ट्रिय झण्डा बोकेर नेपालको पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म लगातार ३७ दिन एक्लै हिडेर पैदल यात्रा सम्पन्न गरिसकेका छन् ।
आफ्नो यात्रा निक्कै लामो रहेको बताउने कार्कीले विश्वशान्तिको कामना गर्दै नेपाल सहित अन्य देशहरुको राष्ट्रिय झण्डा बोकेर नयाँ दिल्ली सम्मको साइकल यात्रा गर्ने तयारी गरिरहेको उनी निकटका साथीभाईले बताए । कार्की स्वयमले भने; अहिले आफुले डकुमेन्टको प्रक्रियाबाट काम सुरु गरेको र केही दिन लगत्तै यात्राको बारेमा पुरा जानकारी गराउने उनले बताए ।
.jpg)


