बुधबार, कार्तिक १९ गते २०८३
images
images

दुर्घटनामा अङ्गभङ्ग भएकालाई मासिक १५ सय

एक्सप्रेस पाना
भाद्र २१, २०७९ मंगलबार
  • 197
    SHARES
  • दुर्घटनामा अङ्गभङ्ग भएकालाई मासिक १५ सय

    भदौ २१ चौतारा । अरनिको यातायात प्रालिले बसमा यात्रा गर्दा दुर्घटना परेर अङ्गभङ्ग भएर घाइते भएकालाई आजीवन एक हजार ५०० भत्ता दिने भएको छ । 
     
    समितिका सचिव तथा प्रवक्ता प्रभुराम थापाका अनुसार नवनिर्वाचित समितिको पहिलो बैठकले व्यवसायी भलाइ कोषमा क्रियाशील सदस्यको मृत्यु हुँदा रु पाँच लाख क्षतिपूर्ति दिनेमा त्यसलाई बढाएर रु १० लाख बनाएकोसमेत प्रवक्ता थापाले बताउनुभयो । 

    images

    अरनिको यातायातका कर्मचारी बहालवाला रहेकै अवस्थामा अचानक निधन भएका खण्डमा रु तीन लाख दिने निर्णय बैठकले गरेको छ । मजदुर, चालक, सहचालकको रु पाँच लाखको दुर्घटना बीमाबापतको रकम दिने गरेकामा बैठकले रु १० लाख बनाउने निर्णय गरेको प्रवक्ता थापाले जानकारी दिनुभयो । समितिले दसैँ, तिहार लक्षित गरेर यही भदौ २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । अरनिको यातायातले काठमाडौँ पूर्वका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछापलगायतका जिल्लाका दुरदराजसम्म यातायात सेवा प्रदान गरिरहेको छ ।