बुधबार, कार्तिक १९ गते २०८३
images
images

निजामती सेवा पुरस्कार घोषणा : १० जनाले एक लाख र ३० जनालाई ५० हजार रुपैयाँको पुरस्कार

एक्सप्रेस पाना
भाद्र २२, २०७९ बुधबार
  • 229
    SHARES
  • निजामती सेवा पुरस्कार घोषणा : १० जनाले एक लाख र ३० जनालाई ५० हजार रुपैयाँको पुरस्कार

    भदौ २२ काठमाडौं । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज १९ औँ निजामती सेवा दिवस मनाईंदैछ ।

    images

    बुधबार सिंहदरबार प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहेको थियोे । जसमा ४० जना कर्मचारीलाई सम्मान गरिएको थियो । ताम्रापत्रमा नाम उल्लेख गरिएको सम्मानसहित पुरस्कार गरिएको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारमा आयोजना भएको थियो । यस्तै दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरेको छ । १० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार  र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् । तर, सरकारले अघिल्ला वर्षझैँ यसवर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेको छैन ।

    images

    निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने प्रावधान छ । तर, प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन् ।

    सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले आर्थिक, सामाजिक विकास र नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ । विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो । त्यहि दिनको स्मरणमा सरकारले विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू गरी मनाउँदै आएको छ ।